Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डको जुत्ताचप्पल सेल मेलामा भिड, भारी छुटले तान्यो ग्राहकलाई

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १८ : ५३ मा प्रकाशित

भृकुटीमण्डको जुत्ताचप्पल सेल मेलामा भिड, भारी छुटले तान्यो ग्राहकलाई

तिहारको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा भइरहेको शिखर सुजको सेल मेलामा अवलोकनकर्ताको भिड बढ्दै गएको छ । नेपालको एक नम्बर जुत्ता उत्पादक ब्राण्ड शिखरले ेजाडोलाई लक्षित गरी सुरु गरेको विन्टर सेल मेलामा भारी छुटमा जुत्ताचप्पल पाएपछि उपभोक्ता ओइरिएका छन् ।

‘मेलामा २ हजार रुपैयाँमै हाम्रो ४ जनाको परिवारलाई पुग्ने जुत्ताचप्पल किने, चावहिलबाट आएका रमेश श्रेष्ठले भने, दुई बर्षदेखि मेलामा जुत्ताचप्पल किन्न पाएको थिइन ।

अहिले मेला लागेकोले भारी छुटमा जुत्ताचप्पल किन्न पाइयो । कोरोना महामारीले लामो समयदेखि मेला महोत्सव ठप्प थियोे । भृकुटीमण्डपमा झण्डै दुई बर्षपछि मेला आयोजना गरिएको हो । मेलामा जत्तिछिटो गयो, उति राम्रो जुत्ताचप्पल किन्न पाइने मेला आयोजक राजु उप्रेतीले बताए । मेलामा कोरोना संक्रमण रोक्न स्वास्थ्य सुरक्षाका सबै विधि अपनाइएको छ । मेला प्रवेश गर्नेहरुका लागि गेटमै स्यानिटाइजर र मास्कको ब्यवस्था गरिएको छ । ग्राहकले दुरी कायम गरेर जुत्ताचप्पल छान्न सक्ने ब्यवस्था मिलाइएको छ ।

‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, मेला आयोजक शिखर पियु इन्डस्ट्रिजका संचालक राजु उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको