Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटी मण्डमा शिखर सुजको विन्टर सेल मेला तिहार विदामा पनि निरंतर

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, २० : ३९ मा प्रकाशित

भृकुटी मण्डमा शिखर सुजको विन्टर सेल मेला तिहार विदामा पनि निरंतर

भृकुटीमण्डपमा जारी शिखरको जुत्ताचप्पल मेला तिहारमा समेत हुने भएको छ । जुत्ताचप्पलमा भारी छुट उपलब्ध गराइएको शिखर सुजको विन्टर सेल मेला तिहारको विदामा पनि जारी रहने मेला संचालक शिखर पियु इन्डस्ट्रिजका राजु उप्रेतीले बताए ।

हामीले तिहारको विदा मनाइरहेकाहरुलाई समेत छुटमा जुत्ताचप्पल किन्ने अबसर मिलोस भनेर मेलालाई निरंतरता दिने निर्णय गरेका छौं, उप्रेतीले भने, ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ ।

कोरोना महामारीले लामो समयदेखि मेला महोत्सव ठप्प भएको झण्डै दुई बर्षपछि मेला आयोजना गरिएको हो । ‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् ।

मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् ।

नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको