Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ आइतबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

शनिबार, २४ माघ २०७७, ११ : ४३ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओ आइतबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपिओ) भोलि (आइतबार)देखि दोस्रो बजारमा कारोबार हुने भएको छ।

हिजो शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सूचिकृत भएसँगै आइताबरदेखी दोस्रो बजारमा कारोबारमा आउने भएको हो । 

कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ ।  

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्यूनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गरेको थियो। यो आईपीओको बाँडफाँड गत माघ ९ गते भइसकेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको