Like us!
Follow us!
Connect us!
Watch us!

भर्नु भयो ग्रिन लाइफको आईपिओ ? मंगलबार अन्तिम दिन

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १२ : ५८ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले  माघ २३ गते, शुक्रबारबाट साधारण सेयर (आइपिओ) धमाधम बिक्री गरिरहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ  ।  उक्त आइपिओमा लगानीकर्ताहरुले भोलि (माघ २७ गते, मंगलबार)  अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा तेस्रो दिन आइतबार बेलुकासम्म  ७ लाख ८७ हजार ७२० जना आवेदकले १ अर्ब ४३ करोड २६ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २६ हजार २ सय २० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ४.४१ गुणा बढी आवेदन हो । 

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

मेरो सेयरबाट कसरी Apply गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको