ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते, शुक्रबारबाट धमाधम बिक्री गरिरहेको साधारण सेयर (आइपिओ) मा आवेदन दिने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ । उक्त आइपिओमा लगानीकर्ताहरुले आज (माघ २७ गते, मंगलबार) बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।
How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हिजो सोमबार साँझसम्म उक्त आइपिओमा १० लाख ९१ हजार २५१ आवेदकहरुले १ करोड ९८ लाख ६१ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६ गुणा बढी हो।आइपिओमा माग भन्दा धेरै आवेदन परिसकेकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ लगानीकर्ता राम्रो हुनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस