Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबाट बढी निर्यात हुने वस्तुहरु के के हुन् ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १३ : २० मा प्रकाशित

नेपालबाट बढी निर्यात हुने वस्तुहरु के के हुन् ?

नेपालबाट विभिन्न वस्तुहरु बाहिर निर्यात हुने गर्दछ । अलैंची, धागो, गलैंचा, जुटका सामानहरु, तयारी पोशाक, पश्मिना, हर्वल उत्पादन, जुत्ता चप्पल, अदुवा जस्ता वस्तुहरु नेपालबाट सर्वाधिक निर्यात हुने वस्तुहरु हुन् । 

चालू आर्थिक वर्षमा तयारी पेशाक, जुट, टेक्सटाइल, पश्मिना, हर्वल उत्पादन, जुत्ता चप्पल, अदुवा लगायतका वस्तुहरु निर्यातको उत्कृष्ट २० को सूचीमा छन् । चालू आर्थिक वर्षमा अलैंची, पश्मिना, अदुवा जस्ता वस्तुहरु नेपालबाट निर्यात भएका छन् । कोरोनाका कारण किसानले अलैंची बिक्री गर्न नपाएको बताइरहँदा चालू आर्थिक वर्षको ६ महिनामा निर्यात भएका २० प्रमुख वस्तुहरुमध्ये अलैंचीको स्थान सबैभन्दा अगाडी रहेको पाईन्छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । 

अलैंची व्यवसायी महासंघका अनुसार कूल उत्पादनको ९८ प्रतिशत विदेशी बजारले लिएको छ । मुलुकको वैदेशिक व्यापारमा कूल निर्यातमा ६.२ प्रतिशत अलैंचीको योगदान छ । 

त्यस्तै, राष्ट्र बैंकको तथ्यांकअनुसार दोस्रो बढी निर्यात हुने वस्तुमा धागो रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालू वर्षको ६ महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ३ अर्ब १९ करोड रुपैयाँको धागो निर्यात भएको थियो । कूल निर्यातमा धागोको योगदान ६ प्रतिशत छ ।

तेस्रो स्थानमा गलैंचा रहेको गलैंचाको निर्यातमा २.८ प्रतिशत गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार चालू वर्षमा साढे ३ अर्बको कार्पेट निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँको गलैंचा निर्याात भएको थियो । चालू वर्षको ६ महिनामा जुटका सामानहरुको निर्यात १४.८ प्रतिशत वद्धि भएको छ । 

त्यसैगरी, जस्तापाता, तार, तामाको तारहरु, जुस तथा टेक्सटाइल जस्ता वस्तु निर्यातमा भने चालू वर्षमा गिरावट आएको छ । चालू वर्षको ६ महिनामा उत्कृष्ठ २० वस्तुहरुको निर्यात २७ अर्ब ४ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा २४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । कूल निर्यात व्यापारमा यी २० वस्तुको योगदान ४५.१ प्रतिशत रहेको छ भने अन्य वस्तुको योगदान ५४.९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार चालू वर्षको ६ महिनामा ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ जसमध्ये २७ अर्ब उत्कृष्ट २० मा पर्न सफल वस्तुहरुको हिस्सा हो । 

नेपालको निर्यात व्यापार गन्तव्यको आधारमा भारतर्फ ८.४ र अन्य मुलुक तर्फ ४ प्रतिशतले निर्यात वृद्धि भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको