Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १२ : २३ मा प्रकाशित

लाभांश पारित गर्न लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैथाकक्ले गरेको निर्णयानुसार उक्त सभा फागुन २५ गते मंगलवार एनआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्तापूँजीको ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर पारित गर्नेछ । 

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, आय-व्यय हिसाब र नगद प्रवाह हिसाबमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

कम्पनीले, साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6024f511640b8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको