लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)ले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३० गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीको २३ औं वार्षिक साधारणसभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सुरु हुने जनाइएको छ । उक्त सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी सर्वसाधारण सेयरधनीतर्फ बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्नेछ । त्यस्तै बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम गर्न वा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले असार १६ गते १ दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस