Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री उद्धार कोषमा एलआईसी नेपालको ३१ लाख सहयोग

अर्थ संसार

शनिबार, १९ असोज २०८१, १५ : १६ मा प्रकाशित

प्रधानमन्त्री उद्धार कोषमा एलआईसी नेपालको ३१ लाख सहयोग

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)ले प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । 

सो सहयोगले देशभर बाढी, पहिरो र डुबानका कारण क्षती व्यहोरीरहेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्न थप राहात पुग्ने कम्पनीले अपेक्षा गरेको हो ।

रकम हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एलआईसी नेपालका सीईओ प्रणय कुमार उपस्थित भएका थिए । त्यस्तै, एआईसी नेपालका कम्पनी सचिव एवम् सूचना अधिकारी सुदर्शन गिरीको समेत उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको