Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्स कर्पोरेसनको झण्डै ५ लाख कित्ता साधारण सेयर लिलामी बिक्रीमा

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १० : १० मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पोरेसनको झण्डै ५ लाख कित्ता साधारण सेयर लिलामी बिक्रीमा

लाइफ इन्स्योरेन्स कर्पाेरेशनले यही माघ २१ गतेदेखि अवितरित ४ लाख ९२ हजार ५७७ कित्ता (सर्वसाधारण समूह) हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले यसअघि हकप्रद निष्कासनका क्रममा बिक्री नभएको साधारण सेयर लिलामी बिक्री गर्ने भएको हो ।

माघ २१ गतेदेखि फागुन ५ गतेसम्म इच्छुकले एबीबीआई मर्चेन्ट बैंकिङको ठमेल कार्यालय तथा उपत्यकाबाहिर लाइफ इन्स्योरेन्स कर्पोरेसनका बिराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट १ सय रुपैयाँ तिरेर फारम लिन र आवेदन दिन लिलामी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १ सय कित्ताका लागि बोलकबोल आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत जनाएको छ । ५ लाख रुपैयाँमाथिको आवेदन दिनेले भने प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

यसअघि कम्पनीले १ बराबर ०.८८ अनुपातका दरले हकप्रद सेयर निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको