Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १० : २४ मा प्रकाशित

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेरुडे लघुबित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। 

दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् यसर्थ  आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी दुई कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन्।

नेपाल इन्स्योरेन्स कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र  ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ समेत रहेको छ। प्रस्तावित लाभांश कम्पनीको फागुन २५ गते हुने १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि साधारण सदस्यहरुलाई वितरण गरिने छ । कम्पनीले फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

त्यस्तै नेरुडे लघुबित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद लाभांश रहेको छ । संस्थाको लाभांश फागुन २२ गते हुने १४ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ। कम्पनीले फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको