Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ४ मेगावाट क्षमताको सोलार निर्माण अन्तिम चरणमा

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १२ : ४९ मा प्रकाशित

अपि पावरको ४ मेगावाट क्षमताको सोलार निर्माण अन्तिम चरणमा

अपि पावर कम्पनीले निर्माण गरिरहेको ४ मे.वा चन्द्रनिगापूर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगकोे छ । कम्पनीले यो आयोजना ६ महिना भित्र निर्माण गरि नेपालको सबैभन्दा छिटो सोलार आयोजना सम्पन्न गर्ने आर्काे किर्तिमान राख्न लागेको छ ।

कम्पनीले १२ बिघा जमिनमा ४५० वाट.पिकका ११११२ प्यानल राखि आयोजना संचालनमा ल्याउने भएको छ । कम्पनीले उत्पादित विद्युत शक्ति ३ किलोमिटर लामो ३३ के.भि ट्रान्समिसन लाईनबाट चन्द्रनिगापूर सवस्टेशनमा लगि जडान गरिनेछ । यो आयोजनाबाट २ नं प्रदेशलाई थप उर्जा प्राप्त भई सो क्षेत्रको उद्योग एवं कलकारखानाहरुलाई थप सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले आगामी बैशाख महिना भित्रै आयोजनाको व्यापारिक उत्पादन गर्ने जनाएको छ । 

कम्पनीले दोस्रो चरणको सोलार आयोजनाहरुमा १ मे.वा ढल्केवर र १ मे.वा सिमरा को निर्माण कार्य समेत २०७८ साल बैशाख १ गतेबाटनै शूरु गर्ने जनाएको छ । कम्पनीले निर्माण गरिरहेको ४० मे.वा क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको करिव ३० प्रतिशत कार्य समापन भई निर्माण कार्य द्रुत गतिमा भईहरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको