Like us!
Follow us!
Connect us!
Watch us!

सर्बोच्चको आदेशमा संसदको पुनस्थापना, ऐतिहासिक फैसला गर्ने यी हुन् न्यायाधिश (पूर्ण पाठसहित)

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १८ : ३५ मा प्रकाशित

सर्बोच्चको आदेशमा संसदको पुनस्थापना, ऐतिहासिक फैसला गर्ने यी हुन् न्यायाधिश (पूर्ण पाठसहित)

काठमाडौं-सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई मंगलबार बदर गरेको छ ।

सर्बोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन हुने फैसला गरेको हो । सर्बोच्च अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउनसमेत आदेश दिएको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन ब्यवसायीलगायतका विभिन्न ब्यक्तिहरुले १३ वटा रिट निवेदन दिएका थिए ।

077-WC-0028_समेत.pdf

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको