Like us!
Follow us!
Connect us!
Watch us!

फ्ल्योर हिमालयनले डाक्याे साधारण सभा, हकप्रद निष्कासन प्रस्ताव पेश हुँदै

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १४ : ३९ मा प्रकाशित

फ्ल्योर हिमालयनले डाक्याे साधारण सभा, हकप्रद निष्कासन प्रस्ताव पेश हुँदै

फ्ल्योर हिमालयन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे पच्चिसाैँ वार्षिक साधारण सभा चैत्र ६ गते शुक्रबार, एन.पि.एल हाउस, कृष्णगल्ली, पाटन, ललितपुरमा जुम एप मार्फत् सञ्चालन हुनेछ ।

सभामा अघिल्लाे साधारण सभाबाट पारित भएकाे १:५ दरकाे हकप्रद शेयर निष्कासनको निर्णय पून पारीत गरिनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6038b2b85cb60.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको