युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत वर्ष एक करोड ६ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेकाे कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा २८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।
यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७ करोड ५१ लाख ५५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ६७.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ४८ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ४२ करोड रुपैयाँ हुँदा जगेडा कोष भने ४ अर्ब २३ करोड रुपैयाँ ऋणात्मक रहेकाे छ । दाेश्राे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी एक रुपैयाँ ३६ पैसा पुगेको छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९१ पैसा पुगेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस