Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १५ : ५७ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

लामाे समयपछी आज (साेमबार) सेयर बजारमा हरियाली छाएकाे छ ।  आज सेयर बजारले उकालो यात्रा तय गरेको हो  । 
साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ मा पुगेकाे छ । नेप्से १.६४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ । कूल २०९ वटा कम्पनीकाे एक कराेड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे छ ।

बढेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।

त्यसैगरी, क्रमशः शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड,  नेपाल  बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसि एशिया बैंक लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेडले पनि सबैभन्दा बढी कारोबार गरेका छन् ।

603cbe662c776.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको