Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सले सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १० : ३४ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सले सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

मल्टीपर्पस फाइनान्स कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।  कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम गर्न लागेको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक इच्छुक यस कम्पनीका संस्थापक सर्वसाधारण, कानुन बमोजिम योग्य संस्था वा कम्पनीले फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
 
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले आवेदन दिँदा सो भन्दा बढी कबुल गरि आवेदन दिनु पर्ने छ ।

आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  उक्त सेयरको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ।

कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज, र सिभिल बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्र बाट आवेदन दिन सक्नेछन् ।
 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

603f15f385d4e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको