Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १५ : ११ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट

सेयर बजारले आज (बुधबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । आज पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० मा पुगेको छ ।

कूल २१२ वटा कम्पनीकाे एक कराेड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार १ सय ३५ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार र हाेटल तथा पर्यटन बाहेक सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, आज काराेबार रकमकाे आधारमा नेपाल टेलिकमले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीले २९ करोड ९७ लाख ९ हजार बराबरको कारोबार गर्न सफल भएको छ  ।
 
आजकाे सेयर तालिका हेर्नुहोस् :

603f57020b0c3.JPG 603f5704640c4.JPG 603f5707f1cf0.JPG 603f570cc227e.JPG 603f570cdec84.JPG 603f570d01825.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको