Like us!
Follow us!
Connect us!
Watch us!

महासंघ गोल्छा नेतृत्वको १०० दिन पूरा

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १२ : ४९ मा प्रकाशित

महासंघ गोल्छा नेतृत्वको १०० दिन पूरा

नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुरा भएको छ।  मंसीर १४ मा कार्यभार सम्हालेको यो कार्यसमितिको १०० दिन पुरा भएको छ । 

नयाँ कार्यकारिणी समितिको १०० दिन पुरा गरेको अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर तयार भएको र त्यही अनुसार महासंघ अघि बढ्ने जानकारी दिए।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी, व्यवसायीहरुलाई बैंकसम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले ति समस्याहरुलाई समाधान गर्नका निम्ति महासंघले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको बताएका हुन्। उनले उद्योगीहरुको श्रमसम्बन्धी समस्या समाधानका लागि पनि विज्ञ समुह बनाएर कानुनी परामर्श तथा सहयोग उपलब्ध गराउने बताए।

अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको