Like us!
Follow us!
Connect us!
Watch us!

१८ कम्पनीको साधारणसभा हुँदै, कुनको प्रस्तावित लाभांश कति ?

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १६ : ०० मा प्रकाशित

१८ कम्पनीको साधारणसभा हुँदै, कुनको प्रस्तावित लाभांश कति ?

यतिबेला बैंक, वित्तीय संस्था हाइड्रोपावर कम्पनी र इन्स्योरेन्स कम्पनीहरु धमाधम वार्षिक साधारण सभा गर्न जुटेका छन् । एकपछी अर्को कम्पनीको एजिएम गर्ने मिति धमाधम सार्वजनिक भइरहेका छन् । अधिकांश कम्पनीहरुले वार्षिक साधारण सभा सपन्न गरिसकेका छन् भने केहि कम्पनीहरु मिति तय गर्न जुटेका छन् । कम्पनीहरुले लाभंषा सहित विविध एजेण्डाहरु पारित गर्दैछन्  ।

कुन कम्पनीको साधारणसभा कहिले ?  

१. गणपति लघुवित्त वितीय संस्था 

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा फागुन २८ गते शुक्रबार ह्वाइट हाउस पार्टी प्यालेस, तनहुँमा बिहान ११ बजे सुरु हुनेछ  ।

सभामा संचालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  ।
यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नहुने वार्षिक प्रतिवेदन पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गरिनेछ  ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ  ।

२. स्वरोजगार लघुवित्त वित्तीय संस्था 

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्हौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।संस्थाको फागुन ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको उक्त सभा फागुन २९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ । 

सभामा संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 
त्यसैगरी, २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 
त्यस्तै, सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम १२.३९ प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

३. बैंक अफ काठमाडौं लिमिटेड

बैंक अफ काठमाडौं लिमिटेडले विशेष साधरणसभा आह्वान गरेको छ । बैंकको उक्त सभा  चैत ३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गरिदैँछ ।

४. नेशनल माइक्रोफाइनान्स वितीय संस्था 

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश तथा अन्य विभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

माइक्रोफाइनान्सले आफ्नो सातौँ वार्षिक साधारण सभा चैत ५ गते बिहान १० बजे बाट क्रिक रिसोर्ट, धादिङवेशी, धादिङमा  डाकेको हो।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित अन्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनार्थ  फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सो सभामा सहभागिता जनाउन र माइक्रोफाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

५. सिभिल लघुवित्त वित्तीय संस्था 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ९ औँ वार्षिक साधारणसभाको मिती तय गरेको छ ।संस्थाको हिजो फाल्गुन ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ५ गते वार्षिक साधारणसभा गर्ने तय गरेको हो। संस्थाको सभा बिहान ११ बजेबाट काठमाण्डौको त्रिपुरेश्वरस्थित वोगनभिल्ला इभेन्ट्समा हुनेछ।

सभाले गत आर्थिक वर्षका मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ। लाभांशमा ३.५ प्रतिशत बोनस सेयर र ०.१८ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ। 

संस्थाले सभा र लाभांश प्रयोजनका लागि फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  
कम्पनीकाे फागुन १४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

कम्पनीले सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेकाे हाे ।

यसका साथै, सभामा कम्पनीकाे  पुस २० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

७. सिन्धु विकास बैंक 

सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे फागुन १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे एघाराैँ वार्षिक साधारण सभा चैत्र ९ गते, साेमबार आगन्तुक रिसाेर्ट, बनेपा, काभ्रेपलाञ्चाेक बिहान १०:३० बजेबाट सुरू हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले बैंकका शेयरधनीहरूको हात खाली हुने बैंककाे छ । बैंककाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि  लाभांश वितरण नगर्ने  निर्णय गरेकाे हाे ।

८. स्वावलम्बन लघुवित्त वित्तीय संस्था 

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे फागुन १७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभा .चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ ।

९. नेपाल टेलिकम 

नेपाल टेलिकम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।कम्पनीकाे फागुन १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा चैत्र १३ गते शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।


सभामा कम्पनीका सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

१०. महालक्ष्मी विकास बैंक 

महालक्ष्मी विकास बैंक लिमिटेडले १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको फागुन २० गते बसेको संच्जलक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत्र १३ गते शुक्रबार महालक्ष्मी विकास बैंकको रजिष्टार्ड कार्यालय दरबार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) गारी कुल ९.२६ प्रतिशत लाभांश पारित गर्नेछ।

११. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड 

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले  चौथों वार्षिक साधारणसभा आह्वान गरेको छ ।संस्थाको (हिजो) आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षका लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

१२. सिर्जना फाइनान्स लिमिटेड

सिर्जना फाइनान्स लिमिटेडले २०औँ वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत १४ गते, शनिबार उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.५९ प्रतिशत लाभांश पारित गरिनेछ । 

१३. महिला सहयात्रा लघुवित्त वितीय संस्था 

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संस्थाको हिजो (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ। 

१४. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 
संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ। 

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमध्ये १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेको छ। 

१५. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड 

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ  । संस्थाको संचालक समितिको फागुन २१ गते, शुक्रबार बसेको संचालक समितिले गरेको निर्णयानुसार उक्त सभा चैत २० गते शुक्रबार, होटल इस्टर्न प्यालेस प्रालि इटहरी-४ सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ  ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा-नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटी भएको परिवर्तन सम्बन्धि विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ  ।

१६. सप्तकोशी डेभलपमेन्ट बैंक 

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको फागुन २० गते बसेको बैठकको निर्णयानुसार उक्त सभा चैत २८ गते  शनिबार जीवन विकास समाज, कटहरी, मोरङमा बिहान १०:३० बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित  वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण पनि गरिनेछ ।

सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने १ जना महिला संचालकको निर्वाचन गर्ने सम्बन्धमा पनि सभाले छलफल गर्नेछ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड तथा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक भएमा संचालक समितिले नै सम्पूर्ण प्रक्रिया अबलम्बन गरी कार्य अगाडी बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ ।

१७. नेपाल हाइड्रो डेभलोपर

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीको गत २० गते बसेको सञ्चालक समितिको बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमडौं साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभा दिउँसो ३ बजे virtual(Zoom App)  मार्फत सुरु हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक आर्थिक विवरणको सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक वित्तीय विवरण (वासलता, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु) स्वीकृत गर्ने,  कम्पनीको रजिष्टर्ड कार्यालयको पत्रबाट यस कम्पनीको आर्थिक वर्ष २०७५र७६ र ७६र७७ को लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन सम्बन्धमा लगायतका विषयमा छलफल गरिने छ । 

१८. मिर्मिरे लघुवित्त वित्तीय संस्था 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे दशाैँ वार्षिक साधारण सभा चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको