Like us!
Follow us!
Connect us!
Watch us!

लोअर इर्खुवा हाइड्रोले बोलायो साधारणसभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थसंसार

शुक्रबार, २८ फागुन २०७७, १० : ४७ मा प्रकाशित

लोअर इर्खुवा हाइड्रोले बोलायो साधारणसभा, के-के छन् मुख्य एजेण्डा ?

लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त सभा चैत २० गते, शुक्रबार ल्याण्डमार्क होटल, दरबारमार्ग, काठमाडौंम दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचि उपर छलफल गरी पारित गरिनेछ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।  त्यसैगरी, चुक्ता पूँजी र संचित नाफा/नोक्सानको योगमा नबढ्ने गरी ऋण लिने सम्बन्धमा पनि छलफल गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

604af6494e0a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको