Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोले डाक्यो साधारण सभा, मर्जरको जिम्मा सञ्चालकलाई दिने

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १० : ३९ मा प्रकाशित

नेशनल हाइड्रोले डाक्यो साधारण सभा, मर्जरको जिम्मा सञ्चालकलाई दिने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे फागुन २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा चैत्र २७ गते शुक्रबार,  डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसैगरी, अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धी आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सभामा पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा गर्ने प्रयाेजनका लागि चैत्र १३ गतेदेखि चैत्र २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, चैत्र १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

604ee7d144cc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको