Like us!
Follow us!
Connect us!
Watch us!

अध्ययन समितिको निष्कर्ष : नेपालमा पनि 'इन्ट्रा डे सेयर ट्रेडिङ' सम्भव

अर्थसंसार

मंगलबार, ०३ चैत्र २०७७, १३ : ०० मा प्रकाशित

अध्ययन समितिको निष्कर्ष : नेपालमा पनि 'इन्ट्रा डे सेयर ट्रेडिङ' सम्भव

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) का अध्ययन कार्यदलले अन्तर्राष्ट्रिय बजारमा सफल भइसकेको  एकैदिन सेयर किन्न र बिक्री गर्न सकिने व्यवस्था अर्थात् "इन्ट्रा डे सेयर ट्रेडिङ" नेपालमा पनि सम्भव भएको निष्कर्ष निकालेको छ । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदनको प्रारम्भिक ड्राफ्टमा इन्ट्रा डे ट्रेडिङ   नेपालमा पनि सम्भव रहेको निष्कर्ष निकालेको हो । 

उक्त कार्यदलमा ब्रोकरहरुको तर्फबाट स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली र मर्चेन्ट बैंकको तर्फबाट एनआइबीएल एस क्यापिटलका मेखबहादुर थापा सदस्य रहेका छन् ।

हाल कार्यदलले] तयार पारेको उक्त प्रतिवेदन सदस्यहरुलाई आवश्यक अध्ययन गरी प्रतिक्रिया दिन पठाइएको छ । 

 सदस्यहरुको प्रतिक्रिया आएपछि समितिको बैठक बसेर प्रतिवेदनलाई फाइनल स्वरुप दिइने पराजुलीले जानकारी दिए । हालसम्मको अध्ययनका आधारमा इन्ट्रा डे कारोबार नेपालमा पनि सम्भव भए पनि त्यसका लागि केही पूर्वाधार तयार गर्नुपर्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको