Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासन गर्न चुन्याे बिक्री प्रबन्धक

अर्थ संसार

बुधबार, ०४ चैत्र २०७७, १० : २४ मा प्रकाशित

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासन गर्न चुन्याे बिक्री प्रबन्धक

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेकाे हाे । 

कम्पनीले बुधबार एक कार्यक्रम आयाेजना गर्दै निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तथा सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे हाे । 

सर्वाेत्तम सिमेन्ट लिमिटेडले नेपाल मै पहिलाे पटक बुक विल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ ।कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा  १०% घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

Book Building विधि भनेको के हो ? Sarbottam Cement ले किन रु ७५०मा IPO जारी गर्दै छ? Ch-5।Sharemantra

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको