Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, यस्तो छ अन्य सूचकको अवस्था

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ११ : २२ मा प्रकाशित

आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, यस्तो छ अन्य सूचकको अवस्था

सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशन गरेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ ।

खुद नाफा

आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड १२ लाख रहेको थियो ।

बिक्री आम्दानी

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्ष कम्पनीले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो । 

चुक्ता पूँजी

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड पुगेको छ।  कम्पनीको अन्य इक्विटी शिर्षकमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी 

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा पुगेको छ । 

प्रतिसेयर नेटवर्थ

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ । 

मूल्य आम्दानी

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

कुल खर्च

तेस्रो त्रैमासको अन्त्यसम्ममा  कम्पनीको कुल खर्च ४.७६ प्रतिशत बढेर ५२ करोड २८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ९० लाख ८५ हजार रुपैयाँ कुल खर्च भएको थियो ।

अन्य आम्दानी

त्यस्तै,तेस्रो त्रैमासको अन्त्यसम्ममा  कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा कम्पनीको आम्दानी ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा ३६ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको