Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टद्वारा मेडिकल उपकरण हस्तान्तरण

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १६ : ०२ मा प्रकाशित

सर्वोत्तम सिमेन्टद्वारा मेडिकल उपकरण हस्तान्तरण

सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिका स्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ। सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले मेडिकल सामग्री हस्तान्तरण गरेको हो। 

कम्पनीका नारायण प्रसाद पाण्डेयले नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तानतरण गरेका हुन्। कम्पनीले १० सेट बेड, इसीजी मेसिन तथा १० थान अक्सिजन फ्लोमिटर लगायत आईसीयू कक्षलाई आवश्यक पर्ने अन्य उपकरणहरु दिएको छ। 

अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरुले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पुर्रयाउने  विश्वास कम्पनीले लिएको छ।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको