Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

मंगलबार, २० पुस २०७८, १० : १६ मा प्रकाशित

सर्वोत्तम सिमेन्टले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आफ्नो तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा माघ ११ गते काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान १० बजेबाट सुरु हुँनेछ ।

सभाले सभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज अनुमोदन गर्नेछ । 

कम्पनीले यस अघि नै बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको भएता पनि पछिल्लो समय उक्त कम्पनीको गोल्डेन सेयर काण्डमा मुछिय पछि नेपालको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साँवदले पद गुमाउनु परेको थियो । 

अघिल्लो आर्थिक वर्ष माघ ५ गते भएको कम्पनीको दोस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। जसअनुसार कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतले हुने कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । 

कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको छ । जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ । 

कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो भने सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) लाई रेटिङ प्रदान गरेको छ।  इक्राले कम्पनी आईपीओलाई इक्रा एनपी–आईआर बीबीबी प्लस  रेटिङ प्रदान गरेको थियो । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ । यसले कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको बुझिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको