Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्टको नाफामा १८.५१ % को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ०७ : ११ मा प्रकाशित

सर्वाेत्तम सिमेन्टको नाफामा  १८.५१ % को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

सर्वाेत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १८.५१ प्रतिशत घटेको छ ।

खुद नाफा

सर्वाेत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १८.५१ प्रतिशत घटेर १७ करोड ४२ लाख मात्रै आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सञ्चालन आम्दानी

कम्पनीको सञ्चालन आम्दानी १८.४७ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कुल नाफा

कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेर ७९ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ९७ करोड १५ लाख रुपैयाँ थियो ।

कुल खर्च

गत असारसम्म कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेर ६१ करोड ३७ लाख रुपैयाँ गरेको छ अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३५ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

चुक्ता पुँजी

कम्पनीको चुक्ता पुँजी १४.८१ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

सञ्चित

अन्य इक्विटी ३६.४९ प्रतिशत बढेर ४ अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चित कम्पनीको छ ।

प्रतिसेयर आम्दानी

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँ घटेर ३.७५ रुपैयाँमा झरेको छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको