Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रा.लिबीच आवासिय घर कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १४ : ३५ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रा.लिबीच आवासिय घर कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ्ग प्राइभेट लिमिटेडबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि. का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ्ग प्रालिले ओम सतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घर-जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै, ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको