Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार यी कम्पनीमा लगानीकर्ता झुम्मिए

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १५ : २४ मा प्रकाशित

बिहीबार यी कम्पनीमा लगानीकर्ता झुम्मिए

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ ।मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले बिहीबार पनि उकालाे यात्रा तय गरेकाे हाे । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ मा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा  ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजार बढ्दा नेपाल बंगलादेश बैंक लिमिटेडले सबैभन्दा बढी कारोबार गरेको छ । त्यसैगरी क्रमशः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल  पुनर्बीमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड र हाइड्रोइलेक्ट्री इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेका छन् ।

60532007210a6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको