Like us!
Follow us!
Connect us!
Watch us!

डिसहोमले सुरु गर्यो ‘मधेस प्लस’

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १७ : १६ मा प्रकाशित

डिसहोमले सुरु गर्यो ‘मधेस प्लस’

डिसहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ । 

डिसहोमको च्यानलनम्बर ११९ मा ‘मधेस प्लस’ च्यानलहेर्न सकिन्छ । उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीत सहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ । हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समामााजिक परिवेशमा आधारित समसामयिक टेलिऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ । 

उक्त सिरियल दर्शकले अत्याधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिया आएको डिसहोमले जनाएको छ । प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’ मार्फत डिसहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम प्रसारणको  तयारी गरिरहेको छ । दर्शकले हरेक शनिबार दिउँसो १ः ०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन् । यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ । यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिसहोमको छ ।

लामो समय देखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिसहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ । डिसहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लसमुभि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘मधेस प्लस’ च्यानल संचालनमा ल्याएको हो । 

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिने छ । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पुर्याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको