Like us!
Follow us!
Connect us!
Watch us!

एक दशक पुरागर्दै डिशहोमको ‘प्लस मुभि’ च्यानल

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ४२ मा प्रकाशित

एक दशक पुरागर्दै डिशहोमको ‘प्लस मुभि’ च्यानल

टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले सञ्चालन गरेको ‘प्लस मुभि’च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा ‘मुभि अन डिमाण्ड’ नामबाट सुरु गरिएको यो च्यानल सन २०१२ देखि ‘प्लसमुभि’ च्यानलको नामबाट सञ्चालनभइरहेको छ । दैनिक ८ शो नेपालीचलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्तै लोकप्रिय छ ।

नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’ च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ ।

यस च्यानल मार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।‘प्लस मूभि’ सँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स,कमेडीप्लस्,डीमुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको