Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी सेयर बाँडफाँटमा अनियमितताको आरोप

अर्थ संसार

शनिबार, ०७ चैत्र २०७७, १२ : ४७ मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी सेयर बाँडफाँटमा अनियमितताको आरोप

नागरिक लगानी कोषले हकप्रद निस्कासनका बेला बिक्री नभएको सेयर लिलामी गर्दा पेश गरिएको अवैध बोलपत्रलाई समेत बैधता दिएको भन्दै लगानीकर्ताहरुले आपत्ति जनाएका छन् । सेयर विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिंग लिमिटेडले कानुनले तोकेभन्दा फरक संख्यामा सेयर माग्ने आवेदकको आवेदनलाई बैधता दिएको उनीहरुको आरोप छ । 

कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो। उक्त सेयरमा आवेदन गर्नेहरुको बोलपत्र शनिबार खोलिएको हो । 

लगानीकर्ता राजन श्रेष्ठले नागरिक लगानी कोषको सेयरमा १० वा १० ले भाग जाने संख्यामा सेयर माग गरेर वोलपत्र पेश गर्नेहरुको बोलपत्र मात्र स्वीकार गर्नु पर्नेमा अड संंंख्यामा सेयर माग्नेहरुको पनि बोलपत्र स्वीकारेको भन्दै अनियमितता भएको बताए । नियमविपरित  आवेदन गर्नेहरुको बोलपत्र स्वीकार गरिएको छ, उनले भने, यो अनियमितता हो । धितोपत्र बोर्डले कारबाही गर्नु पर्छ । 

इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सामान्यतः १० ले भाग जाने संख्यामा  मात्रै सेयरमा आवेदन गर्न पाइने बताउँछन् । लिलामीको सेयरमा अडलटमा आवेदन स्वीकार गर्न सकिन्छ, उनले भने, तर लिलामीमा सेयर बिक्री गर्न सार्बजनिक गरिएको सूचनामै अड संख्यामा सेयर मागेर बोलपत्र पेश गर्नेहरुको पनि बोलपत्र स्वीकार गर्न सकिने कुरा उल्लेख हुनु पर्छ ।

आरविवि मेचेन्ट आरबिबि मर्चेन्ट बैंकिंग लिमिटेडले प्रकाशन गरेको सूचनामा अड संख्यामा सेयर माग्दै आवेदन पेश गर्नेहरुको  बोलपत्र स्वीकार गरिने कुरा उल्लेख छैन ।

कानुन ब्यवसायी तथा लगानीकर्ता कञ्चनकृष्ण न्यौपाने धितोपत्र खरिदका लागि आवेदन गर्दा १० ले भाग जाने संख्यामा मात्रै गर्न सकिने बताउँछन् । अड संख्यामा सेयर बाँडफाँट गर्न सकिने ब्यवस्था कानुनमा छैन, उनले भने, नागरिक लगानी कोषको सेयरमा त्यसो गरिएको हो भने अनियमितता हो ।

यस सम्बन्धमा धितोपत्र बोर्डसँग जानकारी लिन बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र प्रवक्ता निरज गिरीलाई मोवाइलमा पटक पटक सम्पर्क गर्न खोज्दा उनीहरुको फोन उठेन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको