Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासनको तयारीमा रहेको हिमालयन हाइड्रोपावरले कति पायो रेटिङ ?

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १६ : ४७ मा प्रकाशित

आईपीओ निष्कासनको तयारीमा रहेको हिमालयन हाइड्रोपावरले कति पायो रेटिङ ?

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको