Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १२ : ४९ मा प्रकाशित

रुरु जलविद्युतको आईपीओ बाँडफाँड

रुरु जलविद्युत् परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) बाँडफाँड गरिएकाे छ । उक्त आइपिओ हिजाे चैत्र ९ गते साेमबार बाँडफाँड गरिएकाे हाे ।

कम्पनीले पहिलो चरणमा फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ जारी गर्नेछ। 

त्यसैगरी, बाँडफाँडमा नपरेकाे रकम धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमाेजिम सम्बन्धित आवेदकहरूकाे बैंक खातामा पठाइने कम्पनीले जनाएकाे छ । कम्पनीकाे आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6059935e002da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको