Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, ११ : ०१ मा प्रकाशित

रुरु जलविद्युतको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

रुरु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ? रुरु जलविद्युत परियोजना लिमिटेडकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? जस्ता हुन् ।

त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे रुरु जलविद्युत परियोजना लिमिटेडको ओपनिङ्ग रेञ्जकाे  विषयमा कुरा गर्नेछाैँ । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११८ रूपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ११८ रूपैयाँ ८४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३५६ रुपैयाँ ५२ पैसा हुन्छ ।

कम्पनीले सर्वसाधारणका लागि  चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

 ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको थियाे । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको