Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपीओ पाउनलाई भाग्यमा भर पर्नुपर्ने : १६ लाख ६९ हजारले दिए आवेदन

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १७ : २७ मा प्रकाशित

रुरु जलविद्युतको आईपीओ पाउनलाई भाग्यमा भर पर्नुपर्ने : १६ लाख ६९ हजारले दिए आवेदन

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) पाउनलाई भाग्यमा भर पर्नुपर्ने भएकाे छ ।

अन्तिम दिन बेलुका ५ बजेसम्ममा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारका लागि छुट्याइएकाे ३ लाख ७९ हजार १ सय ६७ कित्ता भन्दा ६१.६५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथी भने हुनेछ ।

कम्पनीले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको