Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपीओमा लगानीकर्ताको लर्को, मागभन्दा ३५.९९ गुणा बढी आवेदन

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १७ : २८ मा प्रकाशित

रुरु जलविद्युतको आईपीओमा लगानीकर्ताको लर्को, मागभन्दा ३५.९९ गुणा बढी आवेदन

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा हालसम्म ३५.९९ गुणा भन्दा धेरै आवेदन परेकाे छ । 

आज बेलुका ४ः१७ बजेसम्ममा ९ लाख ३५ हजार ४८७ जना आवेदकले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारका लागि छुट्याइएकाे ३ लाख ७९ हजार १ सय ६७ कित्ता भन्दा ३५.९९ गुणा बढी आवेदन हो । अझ मेराे सेयरमा देखिएकाे समस्याले गर्दा कतिपय लगानीकर्ताले आवेदन दिन पाएका छैनन् । कम्पनीकाे आईपीओ खुलेदेखि नै मेराे सेयरमा समस्या देखिइरहेकाे छ ।

कम्पनीले सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ । 

उक्त आईपीओमा लगानीकर्ताले छिटाेमा चैत्र २४ गतेसम्म र ढिलाेमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले एनएमबि क्यापिटल लिमिटेड, रुरु जलविद्युत् परियोजना लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको