Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न, शुक्रबार बाँडफाँड हुँदै

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

रुरु जलविद्युतको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न, शुक्रबार बाँडफाँड हुँदै

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भाेलि (वैशाख ३ गते, शुक्रबार) बाँडफाँड हुने भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । हालसम्म स्थान र समय भने ताेकिएकाे छैन ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ६१.६५ गुणा बढी हो  ।  

अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ  । 

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको