सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित बार्हाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे चैत्र ९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस