सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ ।
संस्थाको संस्थापक समूहतर्फको सेयरधनीहरुबाट चुक्ता नभई बाँकी रहेको ४ हजार १५८ दशमलव ५० कित्ता सेयर बैशाख १७ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न चाहने विद्यामान संस्थापक सेयरधनीहरुले बैशाख १७ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ त्यसैले बोलपत्र पेश गर्दा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरको बिक्री प्रबन्धकको का एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस