उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ५८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २६७.०३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ८८ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड ९६ लाख २३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २१०.९१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ करोड ६७ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन नाफा भने ३८ करोड ९६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ८९.४४ प्रतिशतले बढेर २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि २६४.७८ प्रतिशतले बढेर १५ करोड ९७ लाख ७६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ६७ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५१ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस