Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ता हजारबाट करोडपति

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, १३ : १९ मा प्रकाशित

साल्ट ट्रेडिङ्गको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ता हजारबाट करोडपति

पछिल्लाे समय धिताेपत्रकाे दाेश्राे बजारमा साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे सेयरमूल्य लगातार सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ । कम्पनीकाे तथ्यांक हेर्दा यस कम्पनी प्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे अनुमान लगाउन सकिन्छ ।

आज (चैत्र १२ गते, बिहीबार) भन्दा एक महिना अघि फागुन १२ गते बुधबार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ८ हजार ३ सय ५५ रूपैयाँमा काराेबार भएकाेमा आज (चैत्र १२ गते, बिहीबार) कम्पनीकाे सेयरमूल्य बढेर १३ हजार भन्दा बढीमा काराेबार भइरहेकाे छ । हिजाे (चैत्र ११ गते, बुधबार) कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता १२ हजार ७ सय ५ रूपैयाँ पुगेर बन्द भएकाे थियाे ।

याे एक महिनामा मात्र कम्पनीकाे सेयर मूल्य ५२.०६ प्रतिशतले बढेकाे हाे । याे कम्पनीकाे १०० कित्ता सेयरमा एक महिना अघि ८ लाख ३५ हजार ५०० रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे सेयरमूल्य अहिले बढेर १२ लाख ७० हजार रूपैयाँ पुगेकाे छ । एक महिनामा ८ लाखकाे लगानीबाट लगानीकर्ताहरूले ४ लाख ३५ हजार कमाएका छन् । याे एक महिना मात्र हैन करिव दश वर्षअघिदेखिकाे कम्पनीकाे लाभांश इतिहास हेर्दा त्यतीबेला कम्पनीकाे सेयरमा १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे सेयरमूल्य अहिले ६१ लाख ३६ हजार भन्दा धेरै पुगेकाे छ ।

हालसम्म साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छैन । विगतका वर्षहरूमा कम्पनीले बम्पर लाभांश वितरण गर्ने गरेकाे थियाे । साेही कारण पनि आजकाल गत आर्थिक वर्ष २०७६/७७ काे लाभांशकाे लाेभमा लगानीकर्ता यस कम्पनी प्रति आकर्षित भएका अनुमान लगाउन सकिन्छ ।

यस्ताे छ साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको