Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

मंगलबार, १७ चैत्र २०७७, १५ : ०७ मा प्रकाशित

दोहोरो अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुगेकाे छ ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९ प्रतिशतले बढेर एक हजार एक सय ३४ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: सानीमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, अपर तामाकाेशी, हाइड्राे इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।

6062f3f5cbde1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको