Like us!
Follow us!
Connect us!
Watch us!

सेयरको लगानीले सबैलाई फलिफाप,एक बर्षमै भयो १९ कम्पनीको आईपिओ निष्काशन

कृष्ण भट्टराई

आइतबार, २२ चैत्र २०७७, १० : ५२ मा प्रकाशित

सेयरको लगानीले सबैलाई फलिफाप,एक बर्षमै भयो १९ कम्पनीको आईपिओ निष्काशन

आईपिओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो बर्ष २०७७ लाई आइपिओका लागि स्वर्णिम युग मान्न सकिन्छ । केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले ३२ लाख नाघिसकेको छ ।

बजारमा यो एक बर्ष जति नयाँ लगानीकर्ताहरु भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बढिरहेको छ । करिब १० एक बर्ष अघि नेपाल पुनर्बिमा कम्पनीले चैत्र २६ गते निष्काशन गरेको आइपिओमा ३ लाख ९१ हजार ६ सय २६ जनाको मात्र आवेदन परेको थियो ।

पछिल्लो समय सबैभन्दा बढी आवेदन ज्योति लाईफ इन्स्योरेन्सको आईपिआमा परेको छ । कम्पनीको आइपिओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन गरेका थियो । यो एक महिनामा सेयर आवेदकहरुको संख्या करिब ५ गुणाले बढेको छ । 

यो करिब एक बर्षको जम्मा १९ वटा कम्पनीको आईपिओ जारी भएको जस मध्य १६ वटा कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ भने १ कम्पनीको सेयर लिस्टिङको काम भइरहेको छ भने २ कम्पनीको कारोबार २०७८ सालमा मात्र सुरु हुने देखिन्छ ।  

यो बर्ष जारी भएका आइपिओबाट लगानीकर्ताहरुले के कति मुनाफा हासिल गरे त ?

१.नेपाल पुनर्बिमा कम्पनीः नेपाल पुनर्बिमा कम्पनीले चैत्त २६ गते १०० रुपैयाँ मूल्यका १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर सर्वसाधरणका लागि जारी गरेको थियो । उक्त कम्पनीमा १० महिनाअघि १ हजार रुपैया लगानी गर्ने लगानीकर्ताको पूँजी आजको बजार मूल्य अनुसार १५ हजारभन्दा माथि छ । यो एक बर्षमा कम्पनीमा गरेको लगानीमा लगानीकर्ताहरुले १४ गुणाभन्दा बढी मुनाफा कमाउन सफल भएका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर १५५४ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने सबै आवेदकले कम्तिमा ४० कित्ता र बढिमा ५० कित्ता सेयर हात पारेका थिए । 

२.अजोड इन्स्योरेन्सः कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।असारमा कम्पनीको सेयरमा हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूले अहिलेसम्म नौ गुणाभन्दा बढी प्रतिफल हासिल गर्न सफल भएका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर १ हजार ३१ रुपैयामा कारोबार भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको समाचार बाहिरिएपछि कम्पनीको सेयर मूल्य केहिदिनयता आकासियको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने २ लाख ९३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

३.रिलायन्स लाइफ इन्स्योरेन्सः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ५६ लाख ३० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । भाद्र महिनामा कम्पनीको सेयरमा १००० रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सेयर मूल्य बढेर अहिले ७००० भन्दामाथि पुगिसकेको छ । कम्पनीको लगानीबाट लगानीकर्ताहरुले ६०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ७२१ रुपैयामा कारोबार भएको हो । यो कम्पनीको आइपिओमा आवेदन दिने ५ लाख ६३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

४.लिबर्टी इनर्जीः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ३५ लाख ५० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताले करिब २०० प्रतिशत मुनाफा कमाएका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर २९९ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले अधिकतम २० कित्ता र न्यूनतम १० कित्ताका दरले सेयर हात पारेका थिए । 

५.एनआइसी एसिया लघुबित्तः कम्पनीले असार १० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनी मर्जमा गएकाले केहि महिना कम्पनीको सेयर कारोबार दोस्रोबजारमा रोक्का भएको हो यस कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले हालसम्म ७५० प्रतिशत भन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । यो कम्पनीको आइपिओमा आवेदन दिने ४ लाख ७५ हजार ५ सय लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

६.सानीमा जनरल इन्स्योरेन्सः कम्पनीले असोज २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ६४० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ७४५ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

७.एनआरएन इन्फ्रास्ट्रक्चरः कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ३५० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ४५५ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३ लाख १६ हजार १५ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका थिए भने ३ जना लगानीकर्ताहरुले भने ११ कित्ता सेयर हात पारेका थिए । 

८.माउन्टेन इनर्जीः कम्पनीले कार्तिक २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ६०० प्रतिशत मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ७०२ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य १ लाख ८३ हजार २१ जना लगानीकर्ताहरुले समान १० कित्ता र ५ जना लगानीकर्ताहरुले ११ कित्ताका दरले सेयर हात पारेका थिए । 

९.जनरल इन्स्योरेन्सः कम्पनीले असोज १४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ६२० प्रतिशत मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ७२१ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

१०.साधना लघुबित्तः कम्पनीले असार २१ गते बाट १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १३४० प्रतिशत मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर १४४५ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ७ हजार ७ सय ८० जना लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

११.युनाईटेड इदी मार्दीः कम्पनीले मंसिर ३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ८ लाख १२ हजार ८३६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २०० प्रतिशत मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ३०२ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ८१ हजार २ सय ८३ जना लगानीकर्ताले समान १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर हात पारेका थिए । 

१२.प्रभु लाईफ इन्स्योरेन्सः कम्पनीले मंसिर २९ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ७२० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ८२२ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ५ लाख ४ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

१३.चन्द्रागिरी हिल्सः कम्पनीले पुष २४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ३४ हजार ९१ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १९५० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर २०५० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य १ लाख ५३ हजार ४०८ जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । 

१४. नेपाल इन्फ्रास्ट्रक्चर बैंकः कम्पनीले माघ २ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ५०० प्रतिशत मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ५९५ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा ५० कित्ता भन्दा बढि आवेदन दिने सबे लगानीकर्ताहरुले न्यूनतम ५० कित्ता र अधिकतम ६० कित्ता सम्म सेयर हात पारेका थिए । 

१५. ग्रिन लाईफ हाइड्रोपावर कम्पनीः कम्पनीले माघ २३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २५० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ३७७ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३ लाख २५ हजार १६३ जनाले समान १० कित्ता र २ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । 

१६. महिला लघुबित्त बित्तिय संस्थाः कम्पनीले माघ ३० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ६०० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । हिजो धितोपत्र बजारमा कम्पनीको सेयर ७०८ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३७ हजार ५०० जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । कम्पनीको सेयरको माग दोस्रोबजारमा उच्च संख्यामा हुँदापनी आपुर्ति नहँुदा कम्पनीको सेयरमूल्य बृद्धि हुन सकेको छैन । 

यसै बर्ष ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी र सिगटी हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आइपिओ जारी गरिसेका छन् भने रु रु जलबिद्युत आयोजनाले पनि आज देखि आइपिओ बिक्रि खुल्ला गरेको छ । 
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओको बाँडफाँड सम्पन्न भइसकेको छ भने सिंगटी हाइड्रोको सेयर बाँडफाँड हुन अझै बाँकी छ । ज्योति लाईफको सेयरको कारोबार यसै महिना भित्रमा हुने संभावना रहेता पनि सिंगटि हाइड्रो र रुरु जलबिद्युत आयोजनाको सेयर कारोबार भने २०७८ सालमा मात्र हुन सक्ने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको