Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, ११ : ५६ मा प्रकाशित

ज्योति लाइफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । उक्त आईपीओ हिजाे (चैत्र २२ गते, आइतबार) बाट जम्मा भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JLI सिम्बाेल पाएकाे छ ।

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । सम्भवत भाेलि वा पर्सी भित्र सूचीकरण सम्पन्न गरी यसै साताबाट काराेबार सूरू गर्ने तयारी गरिएकाे नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले अर्थ संसारलाई बताएका छन् । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । 

 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ९४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३९८ रुपैयाँ ८२ पैसा हुन्छ ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको