Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १० : ४० मा प्रकाशित

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच सम्झौता

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो । यसै अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७०५ प्रतिशत सम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । 

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको