Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई मोटर्स "हाइएस्ट बिजनेस ग्रोथ" अवार्डबाट सम्मानित

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, ११ : ५० मा प्रकाशित

आइएमई मोटर्स "हाइएस्ट बिजनेस ग्रोथ" अवार्डबाट सम्मानित

आइएमई मोटर्स "हाइएस्ट बिजनेस ग्रोथ" अवार्डबाट सम्मानित भएको छ ।

भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो ।

अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको