Like us!
Follow us!
Connect us!
Watch us!

नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डको शव वाहन हस्तान्तरण

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १६ : १५ मा प्रकाशित

नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डको शव वाहन हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्धारा प्रवद्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ । 

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत,बेदकोट नगरपालिका कचंनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो । 

“एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुँदा, प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको हो । खरिद गरिएको शव वाहन अहिलेसम्मकै ठुलो र फराकिलो रहेको बताए ।”

आइएमई मोटर्सले शव वाहन सहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको