Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई मोटर्सद्वारा लोन मेलाको आयोजना

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १२ : २० मा प्रकाशित

आइएमई मोटर्सद्वारा लोन मेलाको आयोजना

आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।

काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखी ४ गतेसम्म र विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखी ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपूर फाइदा ग्राहकहरूले लिन सक्नेछन् । 

ग्राहक लक्षित अफर सहित यस प्रकारको फाईनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिनेछ । मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकतम फाईनान्स सुविधासहित स्थलगत निर्णय गरिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको